आज प्रदेश २ मा सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज प्रदेश २ मा सार्वजनिक बिदा


१४ कार्तिक २०७७, शुक्रबार


काठमाण्डौँ । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।​

 

Tags :
प्रतिक्रिया दिनुहोस