दाङ । कोरोना संक्रमणका कारण दाङका ६५ वर्षीय पुरषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको आज बाँकेमा मृत्यु भएको हो।
दाङको राप्ती गाउँपालिका १ का संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार ति पुरुषको दिउँसो ३:५० बजेतिर मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते आशंका लागेर उनको स्वाब संकलन गरिएको थियो। १० गते उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो।
त्यसपछि उनलाई अस्पतालको कोभिड-१९ युनिटमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।
लामो समयदेखि मधुमेह रोगवाट पीडित उनलाई संभव भएसम्म सबै विधिवाट उपचार गरिएपनि स्वास्थ्य सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।