२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएका हुन् ।

निमार्ण सम्झौता भएको लामो समय भएका तर कामको शुरुआत नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्क सङ्कलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए ।

उनले भने, ‘तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।’ जिल्लामा अधिकांश योजना निमार्ण व्यवसायीको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

दिपायल पुलदेखि एयरर्पोटसम्म जाने सडक पिच गर्नका लागि ठेक्का भएको लामो समय भएको भए पनि काम नगरेको प्रति चाँसो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै काम अगाडि नबढाए कारवाहीका लागि सिफारिस गर्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पिनीको तत्थ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस