रौतहट । कोरोना भाइरस संक्रमणका कारण रौतहट जिल्लामा थप एक जनाको ज्यान गएको छ ।
चन्द्रपुर-१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।
नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर-५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।
यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।