२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

अ+ अ-

काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १०५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ । आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ ।

पोेष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ ।

गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन् । त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ ।

सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस