रवि दम्पतीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रवि दम्पतीलाई कोरोना सङ्क्रमण


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ। रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस पुष्टि भएको छ ।

रवि लामिछाने आफू र पत्नी निकिता पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

उनले गत मङ्गलवार रातिबाट हल्का ज्वरो आएपछि बुधवार पीसीआर टेष्ट गर्दा आफूहरूमा कोरोना सङ्क्रमण देखिएको  उल्लेख गरेका छन् ।

‘गत मङ्गलवार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले सङ्क्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरू हुनेले चाहिँ बिलकुल लापरबाही नगरौँ’ उनले फेसबुकमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस