बिहीबारदेखी दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिहीबारदेखी दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना भाइरस (कोभिड-१९) प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

कोरोना भाइरसको नियमीत जानकारीकालागी हुदै आएको प्रेस ब्रिफिङ दशैंका समयमा केही दिन रोकिएको थियो ।

बुधबार पुन: सुचारु भएको प्रेस ब्रिफिङमा भोलि (बिहीबार) देखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस