वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण


१२ कार्तिक २०७७, बुधबार


काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस