प्रधानमन्त्रीद्धारा राष्ट्रपतिबाट दशैंको टिका ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्धारा राष्ट्रपतिबाट दशैंको टिका ग्रहण


१० कार्तिक २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंको टीका ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

सो क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

प्रतिक्रिया दिनुहोस