यस्तो छ आजको मौसम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्तो छ आजको मौसम


९ कार्तिक २०७७, आइतबार


काठमाडौँ । मुलुकका केही स्थानमा आइतबारको मौसममा सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने मौसमविदले बताएका हुन्।

मुलुकका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आइतबार राति प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार राति पनि प्रदेश १ का एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस