बागमती प्रदेशका मुख्यमन्त्रीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमती प्रदेशका मुख्यमन्त्रीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।

कोरोना भाइरस सङ्क्रमित बनेका मुख्यमन्त्री पौडेललाई आज(शुक्रवार) दिउँसो नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइएको हो । उनलाई गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका लागि लगिएको छ ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ ।

पौडेलमा सामान्य रुघाखोवाहेक अरू लक्षण देखिएको छैन । उनको केही समयअघि मात्रै मुटुको अपरेसन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस