१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालले जुटाइदियो तीस लाख रुपैयाँ सहयोग

अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरूको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो ।

सुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भने, “त्यसपछि पोखरास्थित मेट्रो सिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाएँ ।”

मिर्गौला फेर्नका लागि रु २० लाखभन्दा बढी खर्च लाग्ने सम्बन्धित चिकित्सकले बताएपछि परिवारमा तनाव छाएको थियो । उनले भने, “यति ठुलो रकम कसरी जुटाउने भन्ने पिर र चिन्ताले सताइरहन्थ्यो ।” तँ आँट म पूरा गर्छु भनेझैँ ईश्वरको आशीर्वादले स्थानीय युवाहरूले चालेको अभियानअन्तर्गत एकाएक सहयोग प्राप्त हुन थालेपछि अब त म बाँच्छु भन्ने आशा पलाएको उहाँले जानकारी दिए ।

सन्तोष बचाउ अभियानअन्तर्गत यसअघि रु १९ लाख चार हजार ९३५ बैङ्क खातामा जम्मा भइसकेको थियो । गत असोज २ गते मात्रै अमेरिकामा बस्दै आएका केशवटारकै स्थानीयवासी भीम थापा, कुलदीप राना, आशिष् थापामगरको सक्रियतामा सङ्कलन भएको रु ६ लाख ४५ हजार २१० र ब्रिटिस आर्मीमा कार्यरत स्थानीय जीवन थापाको फेसबुकमार्फत युकेबाट रु तीन लाख ६६ हजार ११७ रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी, मलेसियाबाट रु ४५ हजार ८०० र ओमनबाट रु ३० हजार ४०० लगायत गरी कूल रु ११ लाख ६ हजार २९७ सहयोग रकम वडाध्यक्ष काजीमान श्रेष्ठमार्फत मिर्गौला पीडित रानालाई हस्तान्तरण गरिएको हो । स्थानीय छाब्दीबाराही युवा क्लब तथा सन्तोष बचाउ अभियानका मूल संयोजक दीपक थापाको संयोजकत्वमा भेषबहादुर आले, चूडामणि थापा, कर्णबहादुर थापालगायत युवाले रानालाई बचाउनका लागि सक्रिय भएर लागेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । मिर्गौला पीडित रानाको श्रीमती सोनिया गर्भवती अवस्थामा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस