२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन् । यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन् ।” गत वषै झै यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराए ।

हाल लपु महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्को र लगनखेलबाट मङ्गलबजार हुँदै पाटन दरबार आसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो र कहीँ पोतिँदैछ । अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्र प्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ छ ।

“अहिले महानगरभित्र ५।१ किलोमिटर साइकल लेन बनेको छ । आफू काठमाडौँ उपत्यका मेयर फोरमको उपाध्यक्ष भएका नाताले फोरमको बैठकमा पटकपटक अन्य मेयरसमक्ष साइकल लेनलाई विस्तार गरेर आफ्नो नगर तथा महानगरतर्फ लैजान सुझाव दिइरहेको छु”, उनले भने, “एकतर्फ पहिलो चरणमा वाग्मती पुल हुँदै बूढानीलकण्ठ अनि त्यसपछि दोस्रो चरणमा त्यहाँबाट शिवपुरी र अर्कोतर्फ लगनखेल हुँदै गोदावरी उद्यानसम्म लेन बनाएर लान सबै मेयरसमक्ष मेरो आग्रह छ ।”

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरका प्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताए । हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरण प्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ ।

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस