भारतले एकपक्षीय रुपमा नाका खोल्दा वीरगञ्ज सीमाक्षेत्रमा तनाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतले एकपक्षीय रुपमा नाका खोल्दा वीरगञ्ज सीमाक्षेत्रमा तनाव


६ कार्तिक २०७७, बिहिबार


पर्सा । भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ ।

दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेमा जम्मा भएका छन् ।

विभिन्न निजी सवारी साधनमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले यही कात्तिक ३० गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्माण भएकाले सोको कार्यान्वयन हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस