शुक्रवारदेखि क्लिनफिड लागू हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्रवारदेखि क्लिनफिड लागू हुने


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । शुक्रवारदेखि नेपालमा क्लिनफिड लागू हुने भएको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले क्लिनफिड लागू हुने जानकारी दिएका हुन्।

उनले कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रवारबाट नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने बताए।

साथै, विदेशी विज्ञापनहरूमा डबिङ गरी प्रसारण गर्न नपाइने समेत जानकारी गराएका छन्।

नेपाल सरकारले विज्ञापन(नियमन गर्ने) ऐन, २०७६ अनुसार क्लिनफिड लागू गरिएको हो।

त्यस्तै, विदेशी च्यानलहरूसँग डाउन लिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले एक वर्षभित्रमा क्लिनफिड लागू गर्नुपर्ने भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस