विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरी इनरुवा-१ का ८३ वर्षीय बृद्धको बिहीबार बिहान २:१० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास र पिसाब थैलीमा समस्या भएका बृद्धमा कात्तिक ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
कोरोना पुष्टि भएसँगै उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।
यससँगै प्रतिष्ठानमा हालसम्म ७० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।