स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल बन्द


५ कार्तिक २०७७, बुधबार


सिमकोट । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि ३ गते सुर्खेत पठाएकामा मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।

तीमध्ये एक महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार अग्रपंतिमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीको कोरोना आशंकामा परीक्षण गर्दा एक स्वास्थ्यकर्मीसहित अर्का एक नागरिकमा कोरोना पोजेटिभ देखिएका हो ।

क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब संकलन गरी कोरोना परीक्षण गर्नुपर्ने भएका कारण अस्पताल केही दिनका लागि बन्द गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस