१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारी बढेपछि बजार अनुगमन तीव्र

अ+ अ-

लहान । चाडपर्वको मौकाछोपी कालोबजारी भइरहेको जनगुनासोपछि सिरहामा खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन शुरु गरेकोे छ ।

कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले सिरहा र सप्तरी जिल्लाको प्रमुख बजारहरुमा रहेको खाद्यान्न तथा मिठाइ पसलहरुको अनुगमन शुरु गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा लहानमा थालिएको अनुगमनका क्रममा लहान नगरभित्र एक दर्जन किराना पसल तथा मिठाइ पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलहरुबाट ठूलो मात्रामा म्याद गुज्रेका फ्रुटी, बदाम जुस, बिस्कुट, चाउचाउ, मसलालगायतका सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।

पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोगलगायतमा अनुगमन केन्द्रित रहेको उजले जानकारी दिए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्य वस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए ।

अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको कथन थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस