सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयार छन् : स्वास्थ्यमन्त्री ढकाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयार छन् : स्वास्थ्यमन्त्री ढकाल


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।

मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा सम्बोधन गर्दै उनले कोभिड–१९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरेको बताउँदै अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरू अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जनाए ।

स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० वर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निस्शुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाएको छ ।

ुगुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरू चालिएका हुन्, मन्त्री ढकालले भने ।

सम्बोधनका क्रममा अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको उनले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस