तस्करी रोक्न खोज्दा प्रहरीको हत्या गर्ने ७ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तस्करी रोक्न खोज्दा प्रहरीको हत्या गर्ने ७ जना पक्राउ


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । तस्करी रोक्न खोज्दा प्रहरीको हत्या गर्ने ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गर्ने धनगढी उपमहानगरपालिका–१० बाट उनीहरूलाई पकाउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नम्बर १० का पर्कु भन्ने वर्ष ३१ को रोहित राना, वर्ष २० को राजेन्द्र राना, वर्ष ३० को चोर भन्ने सुरेश राना, वर्ष २५ को गब्बर भन्ने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, वर्ष २९ को टल्लु भन्ने दलराम राना र वर्ष २५ को राम गोपाल राना रहेका छन्।

उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस