पाकिस्तानमा टिकटक प्रतिवन्धात्मक व्यवस्था फेरि खुकुलो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकिस्तानमा टिकटक प्रतिवन्धात्मक व्यवस्था फेरि खुकुलो


एजेन्सी

४ कार्तिक २०७७, मंगलबार


इस्लामावाद । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।

पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् ।

पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लङ्घन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिवन्ध लगाएको थियो ।

तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने शेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

टिकटक प्रतिवन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस