२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिआरआईअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत छनौट भएका आयोजनाहरूलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

‘महामहिम सि चिनफिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्त्व छ। त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबिच भएको समझदारी विशेष महत्त्वको छ’, उनले भने, ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपना मात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकाङ्क्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ।’

कोभिड–१९ को महामारीले केही विलम्ब भएकोतर्फ चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरूलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गरे। सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बिआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्त्व राख्ने तिमिल्सिनाले जोड दिए।

नेपाल भ्रमणका क्रममा गत वर्ष चिनियाँ राष्ट्रपतिसँग भएको भेटघाटको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबिच भएको ट्रान्स–हिमालय कनेक्टिभिटीसम्बन्धी सम्झौताले दुई देशका साझा सरोकारलाई सम्बोधन गर्नेमा शंका नरहेको बताए।

नेपाल विकास–निर्माणको अभियानमा हिँड्न होइन, दौडिन चाहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक र सामाजिक रूपान्तरणमा नेपालले चीनको प्रगतिबाट सिक्न र सहकार्य गर्न चाहेको बताए।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि सुनाएका थिए।

कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले बोलेका थिए।

त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले बोलेका थिए।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस