चीनमा उच्च अदालतका एक उपप्रमुखद्वारा कार्यालयमै आत्महत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा उच्च अदालतका एक उपप्रमुखद्वारा कार्यालयमै आत्महत्या


एजेन्सी

४ कार्तिक २०७७, मंगलबार


चीन । चीनको हुबेइ प्रान्तको उच्च अदालतका उपप्रमुख झाङ झोङबिनले कार्यालयमै आत्महत्या गरेका छन् ।

चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार लामो समयदेखि बिरामी रहेका झोङबिनले शनिबार कार्यालयमै झुण्डिएर आत्महत्या गरेको पाइएको हो ।

उनको शव कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । मंगलबार बिहान त्यहाँको अदालतले आफ्नो आधिकारिक वेबसाइटमार्फत झाङ लामो समयदेखि बिरामी रहेको र उनी औषधि सेवन गरिरहेको बताएको छ ।

अदालतले घटनास्थलमा अनुसन्धान गरिसकेपछि उनको हत्या भएको हुनसक्ने आशंकलाई अस्वीकार रेको छन । आत्महत्या नै भएको अदालतको ठहर छ ।

अदालतका ५३ वर्षीय उपप्रमुख झाङको आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

झाङ सन् १९९० देखि हुबेइ प्रान्तको शासी पिपुल्स कोर्टमा सहायक न्यायाधीशको रुपमा काम सरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस