कैलाली घटना : असईसँगै हराइरहेका जवानको पनि मोहना नदीमै भेटियो शव, हत्यारा छिट्टै सार्वजनिक गरिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कैलाली घटना : असईसँगै हराइरहेका जवानको पनि मोहना नदीमै भेटियो शव, हत्यारा छिट्टै सार्वजनिक गरिने


४ कार्तिक २०७७, मंगलबार


केलाली । शनिवार रातिदेखि हराइरहेका प्रहरी जवान रामबहादुर साउदको पनि मोहना नदीमै शव भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले दिएको जानकारी अनुसार मङ्गलवार जवान साउदको शव मोहना नदीमै भेटिएको हो ।

शनिवार रातिदेखि हराइरहेका नेपाल प्रहरीका असई तथा कैलालीको अस्थायी प्रहरी बिट जगेडाका इन्चार्ज गोविन्द विकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो । उनीसँगै हराइरहेका जवानको शव पनि प्रहरीले आज फेला पारेको हो ।

वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश सिंहका अनुसार प्रहरीले अनुसन्धानका क्रममा १३ जनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी घटनाको अनुसन्धान नजिक पुगेको बताउँदै उनले हत्यारा पनि छिटै सार्वजनिक गरिने बताए । उनले भने ‘ हराइरहेका प्रहरी जवानको पनि मोहना नदीमै शव भेटियो भन्ने खबर आएको छ, शव निकाल्ने क्रम छ, हत्यारा को हो भनेर अहिले भन्न सकिने अवस्था छैन, तर छिट्टै सार्वजनिक गर्छौँ ।’

शनिवार राति मोटरसाइकल गस्तीमा गएका वेला प्रहरी जवान साउद र असई विकमाथि सामुहिक आक्रमण भएको प्रहरीको अनुमान रहेको छ ।

उक्त क्षेत्र तस्कर समूहको बिगबिगी रहेकाले विकलाई तस्करको कडाइ गरेकै कारण हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो(सीआईबी)को टोली पनि परिचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस