कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द


४ कार्तिक २०७७, मंगलबार


जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले जानकारी दिए ।

उनले सो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने बताए ।

ती कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने सर्वसाधारणले कर्मचारीहरु बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको आरोपसमेत लगाएका छन् ।

पाँचसय बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० बढी प्रहरी परिचालन गरेको छ । जिल्लाको १५ वटै स्थानीय तहमा चाडबाडको बेला घट्नसक्ने सम्भावित घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

उनले जिल्लाका विभिन्न धार्मिकस्थल, मुख्य बजार तथा आर्थिक कारोवार बढी हुने बैंक तथा वित्तीय संस्था र सहायता कक्षजस्ता भीडभाड बढी हुने ठाउँमा उच्च सुरक्षा सर्तकता अपनाएको उल्लेख गर्दै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिवासबाट तुरुन्त एक्सनमा आउने गरी ५७ वटा मोटरसाइकलमा दुई/दुई जनाका दरले २४घण्टे क्यूआरटी टोलीसमेत परिचालन गरिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक टीकाबहादुर केसीले यो विशेष सुरक्षा योजना महोत्तरीमा बडादशैँ, दीपावली र छठपर्वसम्म सञ्चालनमा रहनेछ भने ।

जिल्ला प्रशासनको सुचना:

 

Tags :
प्रतिक्रिया दिनुहोस