राखेपका नवनियुक्त ११ बोर्ड सदस्यले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राखेपका नवनियुक्त ११ बोर्ड सदस्यले लिए शपथ


४ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरूले सोमबार शपथ ग्रहण गरेका छन् ।

राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मन्त्रिपरिषद्को गत असोज २९ गते बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्मा ११ जना नयां सदस्य नियुक्त गरेको थियो ।

बोर्ड सदस्य नियुक्त हुनेमा हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई र सुमित्रा चौधरी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस