प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने


४ कार्तिक २०७७, मंगलबार


विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका हुन्।

महामारीको समयमा सबै नागरिक समस्यामा रहेको र प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका अब पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्नेमा सबै ढुक्क हुन घिमिरेले आग्रह गरेका छन् ।

उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन। कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौँ। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’

प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गरेको छ। संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गिइरहेको समयमा प्रदेशले मात्रै भनेर नहुने तर्क कांग्रेसको छ।

प्रदेशको राजधानी विराटनगरमा मात्रै ३० जना संक्रमितले ज्यान गुमाउँदा पनि प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको कांग्रेसको तर्क छ। कोरोना जनसुरक्षा कोष खडा गरी रकम संकलन गरे पनि पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस