हास्यकलाकार शिवहरि पौडेललाई मातृ शोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हास्यकलाकार शिवहरि पौडेललाई मातृ शोक


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । कलाकार शिवहरि पौडेललाई मातृ शोक परेको छ ।

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेलकि १०० वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

आमाको निधन भएको दुःखद समाचार कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस