काठमाडौँ । सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा एक जना विरामीले अस्पतालको तेस्रो तलाबाट हाम्फालर आत्माहत्याको प्रयास गरेको छ ।
सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का नाम गरेको युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका हुन् ।
मानसीक रोगले ग्रसित खड्काले आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् ।
महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला हाम्फालेका हुन् । उनी अहीले गम्भीर अवस्थामा रहेको बस्नेतले बताए ।
अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।