२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सच्याइयो सचिवको सरुवा, यस्तो छ नयाँ सूची

अ+ अ-

काठमाडौँ । गत बिहीबार भएको सचिव सरुवाको सूचीमा केही सचिवको सरुवा सच्याइएको छ ।

नयाँ मन्त्रीहरूले शपथ खाएकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवको सरुवा गरेको थियो । जसमा तीन सचिवको सरुवा सच्याइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई पुनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा सच्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आएका छन् । यसअघि अर्यालको उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । सचिव यादवले यसअघि आफै सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मागेर गएका थिए ।

सम्बन्धित समाचार : सचिवहरुको व्यापक सरुवा, सामान्य प्रशासन मन्त्रालयमा यादव कोइराला

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको युवा तथा खेलकुद मन्त्रालयमा भएकोमा सच्याएर सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ । सार्वजनिक खरिदमा सरुवा भएका रामप्रसाद थपलियाको यथास्थानमै रहेको छ ।

त्यसैगरी यसअघि जल तथा ऊर्जा आयोगमा सरुवा भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा कार्यकारी सचिवमा सरुवा गरिएको छ । ट्रस्टका सागरकुमार राई जल तथा ऊर्जा आयोगको सचिवालयमा ल्याइएको छ ।

सरुवा भएका नयाँ सुचीअनुसार सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ), उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयको सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ)का सचिव रबिन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

सरुवा सच्याइएका सचिवहरूसहित दसैँ जना सचिवहरूले आइतबार(आज) पत्र बुझेका छन् ।

सरुवाको चिठि शुक्रवार नै वितरण गर्नुपर्ने भएपनि सचिवलाई एक पटकसमेत नसोधी गरिएको भन्दै केही सचिवहरुले असन्तुष्टि जनाएका थिए । नयाँ मुख्यसचिवको पदवहालीपछिको पहिलो सचिव सरुवा नै निश्पक्ष र न्यायसँगत हुन सकेन भन्ने गाईगुई कर्मचारीमा सुनिएको छ ।

सम्बन्धित समाचार : निजामतीमा नाटकै धेरै

सरुवामा सबैलाई खुसी पार्न नसकिए पछि प्रणालीबाट गरिँदा कोही दुःखी हुनुपर्दैन भन्ने कुरा अझै निजामतीमा लागू गर्न नसक्दा हरेक पटकको सरुवामा अन्तिम अवस्थामा आएर फेरबदल हुँदै आएको छ, जसलाई राम्रो मान्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस