खातामा आएको दशैँ भत्ताको रकम फिर्ता गर्न मन्जुर छु : नेता रावल  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खातामा आएको दशैँ भत्ताको रकम फिर्ता गर्न मन्जुर छु : नेता रावल 


प्रशासन संवाददाता

२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले यस्तो विषम परिस्थितिमा दशैँ भत्ताको रकम नलिने भएका छन् । कोरोना भाइरस महामारीका कारण स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै दशैँ भत्ता नलिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेता रावलले आइतबार सामाजिक सञ्जात ट्विटर मार्फत कुनै पनि जनप्रतिनिधिले दशैँ भत्ता नलिने व्यवस्था गरियोस् भनेका छन् । उनले ट्विटरमा भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

यस्तै नेता रावलले दशैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु नपर्ने पनि बताएका छन् ।

यसअघि नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि भत्ता नलिने घोषणा गरिसकेका छन् ।

संघीय कानुनमा सांसदहरूले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस