गायक विजय शंखरको ‘माया बैगुनी’ सार्वजनिक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक विजय शंखरको ‘माया बैगुनी’ सार्वजनिक 


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ भने यस गीतलाई टेकेन्द्र याक्सो लिम्बुले संगीत संयोजन गरेका छन् ।

प्रेम गर्न चाहने युवा युवती बिचको फकाउने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडेल नीराजन प्रधानको फिचर्ड रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यस भिडियोमा बुद्ध थापाले छायांकन गरेका हुन्।

भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन् भने सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको छ ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस