विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत थप एक जना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका-३ बुद्धचोकका ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्ध नारायण दाहालले जानकारी दिए।
श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए
दाहालका अनुसार मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको थियो।