ट्रम्पका कान्छा छोरा ब्यारोनलाई पनि कोभिड-१९ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्रम्पका कान्छा छोरा ब्यारोनलाई पनि कोभिड-१९


एजेन्सी

२९ आश्विन २०७७, बिहिबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

प्रथम महिला मेलानीया ट्रम्पले छोरा ब्यारोनलाई कोभिड-१९ संक्रमण देखिएको बताएकी छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड-१९ को संक्रमण देखिएको उनले बताइन्।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन ।

प्रथम महिला मेलानीयाले भनेकी छन्, ‘परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड-१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।’

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन् ।

प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस