काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला विश्व हात धुने दिवसको अवशरमा स्वच्छ हातको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपति बिद्यादेवि भण्डारीले आग्रह गरेकी छन् ।
विश्व हात धुने दिवस (अक्टोवर १५) नेपालमा पनि मनाइँदै छ । सोही अवशरमा कोरोना भाइरसका साथ साथै विभिन्न किसीमका रोगबाट बच्न सबैले हात स्वच्छ राख्न आग्रह गरेकी हुन् ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएकी छन् ।
आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ‘कोभिड-१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।
सन्देशमा भनिएको छ, ‘कोभिड-१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ ।’
उनले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गरेकी छन् ।







