२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइब्रिड बीउ उत्पादन गरेर लाखौँ आम्दानी

अ+ अ-

दैलेख । दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर बर्सेनि लाखौँ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् ।

दुल्लु नगरपालिका वडा नं. १३ का पौरखी किसान विष्णुबहादुर शाहीसहित ८० जनाको समूहले यस्ता बीउ उत्पादन र बिक्री वितरण गर्दै आएका हुन् । किसान शाही अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बीउ सुकाउने तरखरमा छन् । उनले एक किलोग्राम यो बीउ रू ५५ हजारमा बिक्री हुने बताए ।

यो वर्ष समूहका सबै मिलेर १० किलोग्राम बीउको माग पूरा गर्नुपर्ने छ । कृषक शाहीले भने, ‘हामीले हातेमालो सहकारीमार्फत बीउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिकको घरमा हाइब्रिड बीउ निकाल्न निकै मेहनत गर्नुपर्दछ ।’ सहकारीमा आबद्ध २८० किसानमध्ये गत वर्षदेखि ८० किसानले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।

गत वर्ष रू ८० लाखको बीउ बिक्री गरेका त्यहाँका किसान यो वर्ष रू १ करोड २० लाखको बीउ बिक्री गर्ने तयारीमा छन् । उत्पादित बीउ सिए सिड कम्पनीले खरिद गर्दै आएको छ । एउटा किसानले न्यूनतम रू ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि पक्की प्लास्टिक घर निर्माणसँगै प्रविधिमा पनि सहयोग गर्दै आएको उक्त कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

अहिले उक्त कार्यालय र सहकारीको साझेदारीमा रू २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बीउ उत्पादनमा निकै सहयोग पुग्ने सम्बद्ध किसानले बताए ।

बीउ उत्पादनबारे जानकारी लिन कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्थलगत अवलोकन गरे । किसानले उत्पादन गरेको बीउको प्रवर्धनसँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस