१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

अ+ अ-

कैलाली । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताए । यसका लागि विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिनुका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताए ।

उनले भने, ‘कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।’ सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० जना प्रहरी पनि परिचालित गरिएको छ ।

सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घ संस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा तालीम प्राप्त कुकुरसहित चेकजाँच थालिएको छ । यस्तै यात्रुको सहजीकरणका लागि त्रिनगर भन्सार, धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बसपार्क, टीकापुर बसपार्क, र चिसापानी गरी जिल्लाका छ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष पनि स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

चाडपर्वका समयमा विभिन्न हिँसाजन्य क्रियाकलापका कुनै पनि घटना घटेमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुनसमेत उनले सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस