बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त


२८ आश्विन २०७७, बुधबार


बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए ।

सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस