बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२८ आश्विन २०७७, बुधबार


बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा थप एक जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिमका ७७ वर्षीय पुरुषको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो

नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनी मुटु रोगीसमेत रहेको डा. गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस