लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण


२७ आश्विन २०७७, मंगलबार


बुटवल । लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टि भएकाहरूमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।

उपसभामुख कृष्णी थारुले आफू र आफ्नी कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताइन् ।

यसअघि सभामुखसहित आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस