चितवन । चितवनको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा ३१ वर्षीय कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ ।
सर्लाहीको चकरघट्टा गाउँपालिका-१ का ३१ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ती पुरुष श्वासप्रश्वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनको २६ गते कोरोना पुष्टि भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार निमोनियाँका कारण अस्पतालको कोभिड आईसीयू कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको न्यौपानेले बताए ।