आइपिएल : कोलकाता नाइट राइडर्स माथि बैंग्लोरको फराकिलो जित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आइपिएल : कोलकाता नाइट राइडर्स माथि बैंग्लोरको फराकिलो जित


एजेन्सी

२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सोमबार राति भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्स माथी फराकिलो अन्तरले पराजित गरेको छ।

सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बैंग्लोरले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो ।

शारजहामा भएको खेलमा शुभम गिलले ३४ तथा आन्द्र रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक कोलकाताका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैंग्लोरले क्रिस मोरिस र वासिङ्गटन सुन्दरले समान दुई-दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि एबी डी भिल्लियर्सले ३३ बलमा नटआउट ७३ रनको योगदान दिए ।

यस्तै कप्तान विराट कोहलीले २८ बलमा नटआउट ३३, देवदत्त पादिक्कालले २३ बलमा ३२ र आरोन फिन्चले ३७ बलमा ४७ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस