निगमका महाप्रबन्धकद्वारा पदभार ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निगमका महाप्रबन्धकद्वारा पदभार ग्रहण


२६ आश्विन २०७७, सोमबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

सरकारले ४ वर्षका लागि पौडेललाई निगमको महाप्रबन्धकमा नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रूपमा परिचित पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।

नवनियुक्त महाप्रबन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि निगमलाई गतिशील बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताए ।

परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन उनले भने, फरक ढङ्गले सिर्जनात्मक काम गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस