पदको दुरुपयोग गरेको आरोपमा सीमा प्रहरी चौकी कैलालीका सबै प्रहरीलाई कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पदको दुरुपयोग गरेको आरोपमा सीमा प्रहरी चौकी कैलालीका सबै प्रहरीलाई कारबाही


प्रशासन संवाददाता

२६ आश्विन २०७७, सोमबार


कैलाली । पदको दुरुपयोग गरेको भन्दै सीमा प्रहरी चौकी कैलालीका सबै प्रहरीलाई कारबाही गरिएको छ । धनगढी उप–महानगरपालिका–१४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सबै प्रहरीलाई कारबाही गरिएको हो ।

सई गोपाल कार्कीसहित १० प्रहरीलाई पदको दुरुपयोग गरेको आरोप लागेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहकाअनुसार स्थानीय घटनामा प्रहरीले लापरबाही गरेको भन्दै प्रहरीलाई कारबाहीको सिफारिस गरिएको हो । भदौ २८ गते फूलबारी चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेको घटनामा समेत प्रहरीले लापरबाही गरेको र सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको आरोप उनीहरुमाथि लागेको छ ।

हाल उक्त चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको छ । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस