१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

अ+ अ-

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ ।

हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ बर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा विहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभ्रेमा ७९ मासमेत सङक्रमण देखिएको थियो । ‘काभ्रेपलाञ्चोकमा हाल सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ ‘ डा.झाले भने ।

पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेशन र १२० महिला र १६९ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । काभे्रपलाञ्चोकको कुल कोरोना सङ्क्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन् ।
सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस