चर्को आवाज निकालेर टोल थर्काउने २० मोटरसाइकल चालक कारबाहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चर्को आवाज निकालेर टोल थर्काउने २० मोटरसाइकल चालक कारबाहीमा


२५ आश्विन २०७७, आइतबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूपसमेत परिवर्तन गर्ने २० जना चालकलाई कारबाही गरेको छ ।

ती चालकले ध्वनि प्रदूषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरूप परिवर्तन गर्ने, लापरबाही ढंगले जिगज्याक रूपमा चलाउने गरेको पाइएकाले कारबाही गरेको महाशाखाले जनाएको छ।

ठूलो आवाजका कारण सहरमा ध्वनि प्रदूषण हुनुका साथै दुर्घटना बढेकाले कडाइ गर्नुपरेको महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र ३४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस