काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसका कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।
सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए ।
परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्मा बताएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।