राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रानाविरुद्ध मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रानाविरुद्ध मुद्दा


प्रशासन संवाददाता

२५ आश्विन २०७७, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रु दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस