१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसी र सरकारबीच ८ बुँदे सहमतिपछि चिकित्सक संघले लियो आन्दोलन फिर्ता

अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसी र सरकारपक्षबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको छ । गए राति भएको दुवै पक्षबीचको वार्तामा ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको हो ।

संघले आज एक विज्ञप्ति जारी जारी गर्दै आन्दोलन फिर्ता लिएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औँ आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो । शनिवार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आज अनशन तोड्दै छन् ।

यस अघि बिहीबार र शुक्रवार सरकार र डा. केसी पक्षबीच भएका वार्ता बिना निष्कर्ष टुङ्गिएका थिए । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिवार संघले थप आन्दोलनका कार्यक्रम तय गरेको थियो । बुधवार नै संघले आन्दोलन गर्ने निर्णय गरेपछि सरकारले वार्ता टोली गठन गरेको थियो । त्यसपछि बिहीबार र शुक्रवारको वार्ता विफल भएपछि संघ आक्रोशमा आएको थियो । शनिवार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ताटोलीसहित प्रधानमन्त्रीसँग छलफल गरेपछि मध्यराति नै डा.केसीसँग ८ बुँदे सहमति भएको हो ।

डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनशन तोडिने

प्रतिक्रिया दिनुहोस