२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा कृषि उत्पादन केन्द्र

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक)सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ६, ७ र ११, बनेपा नगरपालिका वडा नं १, पाँचखाल नगरपालिका वडा नं २, ३, ६ र १२ र धुलिखेल नपा वडा नं १, २ र ३ मा तरकारी ब्लक सञ्चालन गरिने कार्यालयका प्रमुख तेजप्रसाद दुवाडीले बताए।

उनका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुने बताइएको छ । यस्तै भुम्लु गाउँपालिका वडा नं २ र ३ मा सुन्तला र बेथानचोक गाउँपालिका वडा नं ५ मा चिया ब्लक सञ्चालन हुनेछ ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ र ७, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ र पाँचपोखरी गाउँपालिका वडा नं ३, ४ र ७ मा तरकारी ब्लक सञ्चालन हुनेछ । मेलम्ची नगरपालिकामा किवी, हेलम्बु गाउँपालिकामा स्याउ र चौतारा साँगाचोकगढी नगरपालिकामा चिया ब्लक सञ्चालन हुने बताइएको छ ।

यस्तै लिसङ्खुपाखर गाउँपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा आलु ब्लक सञ्चालन हुनेछ भने सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकामा मकै ब्लक सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

जिल्ला बार एकाइको अध्यक्षमा थिङ निर्वाचित
जिल्ला बार एकाइ सिन्धुपाल्चोकको अध्यक्षमा भूपेन्द्र थिङ अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एकाइको ३०औँ साधारणसभा तथा १६औँ अधिवेशशनले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हरि कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चुनिए। सदस्यहरुमा दीपक प्रधान, मधुकर मल्ल, यज्ञप्रसाद दङ्गाल हरिप्रसाद सुवेदी र चन्द्रकुमार बस्नेत निर्वाचित भए । त्यस्तै झम्कलाल श्रेष्ठ पार्षद चुनिए ।